धर्म निरपेक्षतालाई राप्रपाले स्वीकार छैन : बोहरा

Deepak_Bohoraभैरहवा, १३ मंसिर । राप्रपाका महामन्त्री दीपक बोहराले संविधानसभा निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित ढंगले सम्पन्न भएको बताएका छन् ।

राप्रपाले आज (बिहीवार) भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोहराले नेपालको राजनीतिक इतिहाँसमा यतिधेरै निष्पक्ष निर्वाचन कहिल्यै नभएको बताए । ‘एउटा शक्तिले निर्वाचन बहिस्कार गरिरहेको अवस्थामा पनि ८० प्रतिशत मत खस्नु राम्रो हो,’ उनले भने ।

नेत बोहराले राप्रपाले धर्म निरपक्षेको एजेन्डामा कहिल्यै स्वीकारोक्ति नजानाएको बताए । ‘धर्म निरपेक्ष बनाउने विषयमा राप्रपाले स्वीकार गरेको छैन,’ उनले भने ।

प्रतिक्रिया