कांग्रेसको अग्रता दोब्बर

Tree-Ncकाठमाडौं, १३ मंसिर । दोस्रो संविधानसभा चुनावअन्तर्गत समानुपातिकतर्फको मतगणनामा कांग्रेसको अग्रता दोब्बर भएको छ ।

मंगलबारसम्म एमालेभन्दा पौने लाखले अगाडि रहेको कांग्रेसले बुधबारसम्ममा मतअन्तरलाई दोब्बर बनाउँदै २१ लाख ८१ हजार ७ सय ३ पुर्‍याएको छ । दोस्रो स्थानमा रहेको एमालेले यो समाचार तयार पार्दासम्म कांग्रेसको भन्दा डेढ लाख कम २० लाख २८ हजार ६ सय ६ मत प्राप्त गरेको छ । एमाओवादीले १२ लाख ८४ हजार ९ सय ५५, राप्रपा नेपालले ५ लाख ५९ हजार ९ सय ८८, राप्रपाले २ लाख ४१ हजार ८ सय, फोरम लोकतान्त्रिकले २ लाख ४० हजार ५ सय ९९, फोरम नेपालले १ लाख ८८ हजार ६ सय ५९, तमलोपाले १ लाख ४० हजार ५ सय ३२, नेकपा मालेले १ लाख १५ हजार २ सय ७८ र संघीय समाजवादीले १ लाख ११ हजार ५ सय १७ मत ल्याएका छन् ।
बुधबार साझसम्ममा ६७ जिल्लाको २२० क्षेत्रमा मतगणना कार्य सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार समानुपातिकतर्फ २० हजारभन्दा बढी मत प्राप्त गर्ने दलहरुको संख्या २८ पुगेको छ ।

प्रतिक्रिया