एमाले नेता धन्यवाद दिन गाउँ फर्के

बाजुरा १३,मंसिर । संविधान सभा निर्वाचनमा निर्वाचित भएका नेकपा एमाले केन्द्रिय सदस्य कर्णबहादर थापा जनतालाई धन्यवाद दिन गाउँ फर्केका छन् । आफुलाई जनताले बहुमतले विजय गराएको भन्दै यतिबेला गाउँ गाउँमा जनताहरूका घरघरमा गएर धन्यबाद दिदै आएका हुन् । बाजुरेली जनताले आफुलाई अमुल्य मतदान गरेर अत्यधिक बहुमत ले विजय गराएको र जनताले आफुलाई तिरी नसक्ने गुन लगाएको र बजुरेली जनताको छोरा लाई विजय गराएको भन्दै नेता थापा यतिबेला गाउँ फर्कीएका हुन् ।

बाजुरामा नेपाली कांग्रेस बाट दुई दुई पटक पराजित थापा यतिखेर देशमै एमाले नेता भित्र सबै भन्दा बढि मत ल्यएर विजय प्रप्त गरेका नेता थापा  गाउँमा  खुसीयाली बाड्न गएका हुन । संविधान सभा विर्वाचन २०७० मा २२ हजार ४ सय ५८ मत प्राप्त गरेर देशमै एमाले नेता भित्र बहुमत ल्याएर जित प्राप्त गरेको हुदो जित आफनो नभई बजुरेली जनताको  भन्दै गाउँमा गएका हुन । जित प्राप्त गरेकै दिनमा गााउँ फर्केका नेता यतिवेला जिल्लाको तल्लो क्षेत्रका जनतालाई भटिरहेका छन । भेटघाट कार्यक्रम गर्दै बुधबार आटीचौर गाविसमा पुगेका छन ।  आटीचौरमा गरिएको भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले आफुलाई जवनताले महत्व पूर्ण मतदान गरे र विजय गराएको हुदा अबका दिनहरू बाजुरेलि जनताकै काममै विताउने प्रतिबद्धता जाहेर गरेका छन । घुमाउरो पारामा बोल्दै नेता थापाले बाजुरामा नेपाली काग्रेसले बाजुराबाट दुई दुई पटक विजय प्राप्त गरेर बाजुराको विकासमा सिन्को भाचिने काम समेत  नगरेको दावी गरेका छन् ।

प्रतिक्रिया