कोइला वितरण सुरु

दमक : खाना पकाउन इन्धनका रूपमा प्रयोग गरिने कोइला शरणार्थी शिविरमा पुन: वितरण गर्न थालिएको छ ।
विगत चार महिनादेखि कोइला वितरण नगर्दा शिविरमा ठूलो समस्या देखापरेको थियो । शिविर सचिव सन्चहाङ सुब्बाले समयमा कोइला नदिएपछि शिविरमा भएका पुराना घरको भाटा, हँसिया, दुम्से सामुदायिक वनको सिटा, दाउरा तथा चुरे क्षेत्रका केही सामुदायिक वनको वन पैदावरमा भर पर्नुपरेको बताए  । बाक्लो समुदायमा बसोवास गर्दै आएका भुटानी शरणार्थीहरूलाई लुथरन विश्व फेडेरेसनमार्फत ठेक्दारले कोइला वितरण गर्दै आएको थियो । कोइला वितरण बन्द हुँदा शरणार्थी शिविरका अधिकांश मानिस नजिकै रहेको वनमा अवैधानिक रूपमा प्रवेश गरी दाउराका रूपमा प्रयोग हुने मसिना सिटा, झाडी ओसार्न बाध्य भएका थिए । (सौस)

प्रतिक्रिया