हरिवंशले अस्ट्रेलियाका दर्शकलाई गीत सुनाउने

Haribansha-Acharyaकाठमाडौ : हास्य नेपाली कलाकारिताका वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्य जति अभिनयमा सक्षम थिए, त्यति नै उनको स्वर पनि मीठो रहेको प्रस्ट्याएका छन् । हास्य अभिनेता अब आफ्ना दर्शकहरूलाई गीत सुनाउन लागि परेका छन् ।
अभिनेता हरिवंशले सांगीतिक टुरको सुरुवात अस्ट्रेलियाबाट गर्ने भएका छन् । उनले चाँडै अस्ट्रेलियाका नेपाली बहुल डायस्पोरामा कन्सर्ट गर्न लागेको घोषणासमेत गरेका छन् । अभिनेता हरिवंशले भनेका छन्, ‘म त्यहाँबाट विश्व गायन यात्रा सुरु गदैछु ।’ गत केहि दिनअगाडि हास्य अभिनेता हरिवंशले चलचित्र ‘६ एकान ६’ बाट गायनमा पुनरागमन गरेका थिए ।
यसका लागि उनि दिनरात स्वर रियाज गर्नमा व्यस्त रहेका छन् । अष्ट्रेलिया कन्सर्ट उडानकै छेकोमा एल्बम पनि रिलिज गर्ने बताइएको छ । हास्य अभिनेता हरिवंशले चलचित्र शंकर, तँ त साह्रै बिग्रिस नि बद्री र जे भो राम्रै भोमा स्वर दिएका थिए । (सौस)

प्रतिक्रिया