नेपाल र हङकङ भिड्दै

काठमाडौ, १२ मंसिर । ट्वान्टी–२० विश्वकप छनोट खेलमा नेपालले बुधबार हङकङको सामना गर्दैछ । यदि नेपालले हङकङलाई जितेको खन्डमा नेपाल २०१४ मा बंगादेशमा हुने विश्वकपका लागि चयन हुने छ । त्यसैले सो खेललाई सबैले निकै महत्न्वपूर्णका रुपमा हेरेका छन् ।

नेपाल र हङकङविच ट्वान्टि/२० र एकदिवसियमा भएको ५ भेटमा नेपालले ३ खेलमा जित हात पारेको छ भने २  खेलमा हार ब्योहोरेको छ । ट्वान्टि/२० मा भने दुबै टिमले २/२ वटा जित निकालेका छन् । अन्य खेल भन्दा विश्वकपका लागि दुबै टिमका लागि राम्रो मौका भएकाले बुधबारको खेललाई अर्थपुर्ण रुपमा हेरीएको छ ।
नेपालले पहिलो पटक २०१० मा एसियन कपको समुह चरणमा हङकङ विरुद्ध खेलेको थियो जुन खेलमा नेपाललाई हङकङले ३० रनले पराजित गरको थियो । त्यस्पछि २०११ मा काठमाडौँमा भएको  एसिसि ट्वान्टि/२० कपको समुह चरणमा नेपालले हङकङलाई २ विकेटले पराजित गरेको थियो । त्यसपछि यूएइमा मार्च २०१२ मा भएको ट्वान्टि/२० विश्वकप छनोटका दौरान भएको खेलमा नेपालले हङकङलाई २८ रनले पराजित गरेको थियो । पछिल्लो समय गत मार्चमा नेपालमा भएको एसिसि ट्वान्टि/२० कपको समुह ‘ए’ मा रहेको नेपालले हङकङसँग ६ विकेटको पराजय भोगेको थियो । वान्डे अन्तर्गत एसिसि इलाईटकप २०१२ मा यूएईमा भएको खेलमा नेपालले १ सय २५ रनले पराजित गरेको थियो ।
सगरमाथा सिमेन्ट जोर्नी टु वल्र्डकपको तयारी तीव्र
युएईमा जारी रहेको ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताबाट विश्वकपको नजिक पुगिररहेको बो नेपालमा भने ५० ओभरको विश्वकपको तयारी जोडतोडका साथ शुरु भएको छ ।
आगामी वर्षको जनवरीमा अर्थात डेढ महिनापछि न्युजिल्याण्डमा हुने ५० ओभरको विश्वकप नेपाली क्रिकेटको लागि अर्को ठुलो अवसर र चुनौतीको रुपमा उभिएको छ । त्यसको लागि नेपाललाई ठुलो भन्दा ठुलो प्रतियोगिताको अभ्यास आवश्यक भएकोले नेपाल क्रिकेट संघको सयोजनमा यही १७ मंसिरदेखि काठमाडौंमा ५० ओभरको अन्तर्रािष्ट्रय प्रतियोगिता ‘सगरमाथा सिमेन्ट जोर्नी टु वल्र्डकप क्रिकेट’को आयोजना हुन लागेको हो ।
जोरा इन्टरनेसनल प्रालिको आयोजनामा तथा सगरमाथा सिमेन्टको मुख्य प्रायोजनामा हुने प्रतियोगितामा नेपालको राष्ट्रिय टोलीले सिंगापुर, भारतको एयर इन्डिया र भारतकै दिल्ली वन्डरर्ससंग खेल्नेछ । भारतीय क्लवहरुमा भारतको चर्चित लिग आइपीएलका चर्चित खेलाडीहरु तथा रणजी ट्रफीका खेलाडीहरुको सहभागिता हुने भएका छन् ।
नेपालका प्रशिक्षक पुबुदु दशानायकेले पनि नेपाली टोली अहिले २० ओभरको प्रतियोगितामा खेलिरहेको हुनाले सो प्रतियोगिताले टोलीलाई ५० ओभरको प्रतियोगिताको ढााचामा लाने बताएका छन् । उनले युएईबाट सन्देश पठाउदै भने  “हामी अहिले २० ओभरको विश्वकपमा पुग्ने तयारीमा केन्द्रित भएका छौं र नेपाल फर्किना साथ खेलाडीहरुलाई ५० ओभरको खेलतिर ढाल्नु परेको छ । त्यसैले अन्तर्राष्ट्रिय टोलीहरुांग खेलेर अभ्यासको थालनी गर्दा खेलाडीहरुलाई निकै फाइदा पुग्नेछ ।”
प्रशिक्षक दशानायकेले थपे “न्युजिल्याण्डको विश्वकप छनोट नेपाली क्रिकेटको परिवर्तको अर्काे ठुलो कोसेढुंगा सावित हुन सक्छ । यसको लागि आधारभुत अभ्यास मात्र होइन , ठूलो म्याच प्राक्टिसको केटाहरुलाई जरुरी छ ।”
किर्तिपुर क्रिकेट मैदानमा एक साता सम्म चल्ने सो प्रतियोगितालाई न्युजिल्याण्डको हावापानी साग मेल खाने हुनाले फाइदा पुग्ने विश्वासमा छन् पुर्व कप्तान विनोद दास । प्रतियोगिताको टेक्निकल डाइरेक्टर समेत रहेका दासले भने ‘न्युजिल्याण्ड र नेपालको मौसममा यति बेला खास अन्तर हुने छैन । यस्तोमा ठूला प्रतियोगिताले खेलाडीहरुलाई एउटा खाका दिनेछन् ।’
नेपाली राष्ट्रिय क्रिकेट टोली हरेक ठुला प्रतियोगिता खेल्नु अगाडी अभ्यासका लागि विदेशमा जाने वा नेपालमै अभ्यास गर्ने गर्दथ्यो । यसपाली अभ्यासका लागि कम समय भएकोले नेपाल क्रिकेट संघले न्युजिल्याण्ड उड्नु अगाडी सम्मको टोलीको तालिका बनाइसकेको छ । सगरमाथा सिमेन्ट जोर्नी टु वल्र्डकप त्यो अभियानको शुरुवात हो ।
युएईमा विश्वकप छनोट खेल्न  जानु पूर्व नै प्रशिक्षक दशानायके र नेपाली कप्तान पारस खड्काले यो प्रतियोगिताको आयोजनाबाट खुशी व्यक्त गरेका थिए । कप्तान पारस खड्काले भिडियो सन्देशमा भनेका छन् “प्रतियोगिता जस्तो राम्रो अभ्यास नेटमा हुादैन । यो खेलमा हुने जित हार न्युजिल्याण्ड जानु पूर्व हाम्रो लागि शिक्षा लिने पहिलो खुड्किलो हुनेछ । घरेलु समर्थकहरु अगाडी खेल्दाको जस्तो राम्रो अभ्यास र गम्भिरता अरु बेला हुनेछैन । ’
प्रतियोगिताको आयोजनाको जिम्मा लिएको जोरा इन्टरनेसनल प्रालिले पनि प्रतियोगितको तयारी जोडतोडका साथ हुन लागेको जनाएको छ । प्रतियोगिता प्रवद्र्धनको लागि मुख्य प्रायोजक सगरमाथा सिमेन्टले पनि योजनाहरु अगाडी सारिरहेको जनाएको छ । सगरमाथा सिमेन्ट द्वारा मुख्य प्रायोजित यस प्रतियोगिता सगरमाथा सिमेन्ट जोर्नी टू वल्र्डकपले नेपाली टोली लाई उत्साह साथै हौसला प्रदान गर्नेछ । सगरमाथा सिमेन्ट घोराही सिमेन्ट इण्डष्ट्रि प्रा.लि. को उत्पादन हो ।
फेरी नेपाली राष्ट्रिय टोलीको खेल दर्शकहरुले किर्तिपुरमा प्रत्यक्ष नहेरेको धेरै समय भइसकेको छ । नेपाली टोलीलाई दर्शकहरुले कीर्तिपुरमा न्यानो स्वागत र समर्थन गर्ने विश्वास पनि गरिएको छ ।

प्रतिक्रिया