लन्डनमा हुने तेक्वान्दोको तयारी सुरु

uk-taekwondo_rdलन्डन : आगामी बर्ष व्रिटेनमा आयोजना हुने अन्तराष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताको तयारी गर्न आयोजक समितिले मास्टर राष्ट्र राईलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
प्रतियोगिता आयोजक मुल समितिको अमेरिकामा हालै बसेको बैठकले सो निर्णय गरेको जानकारी प्रेश विज्ञप्तीमा उल्लेख छ । प्रतियोगिता आगामी जुलाई २६–२७ तारिखमा व्रिटेनको लण्डनमा आयोजना हुदैछ । प्रतियोगिता संयोजक राष्ट्र राई पनि तयारी समितिको बैठकमा सहभागी हुन अमेरिका पुगेका थिए । नेपाली नागरिक राई विगत लामो समय देखी व्रिटेनमा बसोवास गरिरहेका छन् । व्रिटेनमा राईले सगरमाथा तेक्वान्दो डोजाङ पनि संचालन गरिरहेका छन् । प्रतियोगिता तयारी समितिको बैठकमा आयोजक समितिका महासचिव क्यारेन ब्ल्याकेज, प्रतियोगिता निर्देशन मास्टर डान दिवाकर महर्जन लगायतको उपस्थिति थियो । प्रतियोगितामा नेपाल सहित विभिन्न देशका प्रतियोगिह्रू सहभागी हुने तयारीमा छन् । सो अन्तराष्ट्रिय खुल्ला मैत्री प्रतियोगिताको पहिलो संस्करण नेपालमा संचालन भएको थियो ।
प्रतियोगिता आयोजना गर्न अमेरिकामा बसोवास गर्ने मास्टर डान महर्जनको विशेष सक्रियता रहने गरेको छ ।

प्रतिक्रिया