राणा कोरिया प्रस्थान

taekwondoकाठमाडौं, ११ मंसिर । कोरियाको मुजुमा आयोजना हुने एसियन तेक्वान्दो महासंघको विशेष साधारण सभामा सहभागी हुन नेपाल तेक्वान्दो संघका अध्यक्ष एवं एशियन तेक्वान्दो महासंघका केन्द्रिय सदस्य प्रकाश समशेर राणा सोमबार त्यस तर्फ प्रस्थान गरेका छन् ।

उनका साथै नेपाल तेक्वान्दो संघका केन्द्रिय कोषाध्यक्ष दिलबहादुर वली र एशियाली तेक्वान्दो महासंघका सल्लाहकार मदन केसी पनि त्यस तर्फ प्रस्थान गरेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले एक समारोहविच विदाई गरे ।सदस्य सचिव लामाले टोलीलाई बिदाई गर्दै महासंघमा नेपालको उपस्थिपत नेपालको लागि गौरवको विषय भएको भन्दै यसको फाइदा नेपालले लिनु पर्नेबताए ।
उनले तेक्वान्दो पदाधीकारीह्रूले नेपालमा बन्न लागेको तेक्वान्दो एकेडेमीलाई दक्षिण एशियाकै एकेडेमीको रूपमा विकास गर्न पहल गर्नका साथै त्यसको लागि लविङ्ग गर्नु पर्नेमा जोड दिए ।
६ महिना अघि साधारण सभाबाट निर्वाचित समिति बनाइएको महासंघको विशेष कारणबस पुन: निर्वाचन गर्न लागिएको तेक्वान्दो संघका महासचिव गुरुङ्गले जानकारी गराए ।
नेपालले उक्त निर्वाचनमा दुई मत दिन पाउने छ । केन्द्रिय अध्यक्ष राणा महासंघको केन्द्रिय सदस्यको हैसियतले र महासंघको सदस्य राष्ट्रको हैसियतले केन्द्रिय कोषाध्यक्ष दिलबहादुर वलीले मतदान गर्ने समेत गुरुङ्गले जानकारी गराए । अध्यक्ष राणा उक्त विशेष साधारण सभामा हुने निर्वाचनको निर्वाचन अधिकृतको रूपमा समेत मनोनयन भएका छन् ।
कोरियामा तेक्वान्दो खेलको विकास  गर्ने उद्धेश्यले कोरीयाली सरकारले मुजु सहरलाई तेक्वान्दो साास्कृतिक पार्कको रूपमा विकसित  गरेको छ ।

प्रतिक्रिया