आइएसएमटी कलेज तोडफोड

चितवन, ११ मंसिर । भरतपुर नगरपालिका वडा नं ११ मा रहेको आइएसएमटी कलेजमा अज्ञात समूहले सोमबार तोडफोड गरेको छ ।

बेलायती शैक्षिक उपाधिको अध्ययनअध्यापन गर्नका लागि एक वर्ष अगाडी सुरु भएको उक्त कलेज दर्ता नभएको भन्दै अभिभावकले आफ्ना छोराछोरी अन्यत्र पढाउन थाले पछि कलेजमा तोडफोड भएको हो । तोडफोडबाट कलेजमा रहेका दुई थान कम्प्युटर र झयालढोकाका सिसा फुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाँच जनाको समूहमा आएका व्यक्तिले कलेजमा तोडफोड गरेको जनाईएको छ ।
घटनापछि तोडफोडमा संलग्न रहेको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जनाएकका छन् ।

प्रतिक्रिया