‘जिउँदो सहिद’ ठाकुरको निधन

Arbinda Thakur (Jida Shahid)काठमाडौं, ११ मंसिर । नेपाली काँग्रेसका पुराना नेता अरवीन्द्र ठाकुरको सोमवार बिहान ६५ वर्षको उमेरमा आफ्नै निवास ललितपुर ग्वार्कोमा निधन भएको छ । ‘जिउँदो सहिद’ का नामले चिनिने धनुषा निवासी ठाकुर लामो समयदेखि नशासम्बन्धी रोगबाट पीडित थिए ।

विसं २०१८ मा तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेको आरोपमा उनलाई मृत्युदण्डको सजाय सुनाइए पनि पछि आजीवन कारावासमा राखिएको थियो । अठार वर्षसम्म जेल जीवन बिताएका ठाकुरलाई २०३४ सालमा जेलमुक्त गरिएको थियो । पार्टी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेललगायत पार्टीका पदाधिकारीले सोमवार काँग्रेस पार्टी कार्यालयमा पार्टीको झन्डा ओढाई उनी प्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । उनको सोमबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।
ठाकुर विसं २०५४ मा तत्कालीन राष्ट्रियसभाको सदस्य थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया