सिभिल बैंक स्क्वास हुने

squashकाठमाडौ : नेपाल स्क्वास र्‍याकेट्स संघको आयोजनामा यहि मंसिर ११ देखि १५ गतेसम्म पहिलो सिभिल बैंक ओपन स्क्वास च्याम्पियनसिप हुने भएको छ । प्रतियोगितामा महिला, पुरुष र यु–१७ ब्वाइज गरी ३ इभेन्ट्स समावेश गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष भूषणकृष्ण श्रेष्ठले जानकारी गराउनु भयो । ६५ खेलाडीहरुको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा पुरुष तर्फका विजेताले ५ हजार उपविजेताले ३ हजार तथा दुई जना सेमिफाइनलमा पुग्ने खेलाडीले दुई–दुई हजार प्राप्त गर्नेछन् । यस्तै महिला र यु–१७ का विजेताले ३ हजार , दोस्रो हुनेले २ हजार तथा दुई जना सेमिफाइनलिस्टले एक–एक हजार पाउनेछन् । साथै जुनियर तर्फका विजेता खेलाडीहरुलाई संघले विशेष प्रशिक्षण प्रदान गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
विश्व स्क्वास दिवसको उपलक्ष्यमा हुन लागेको सो प्रतियोगिताको मुख्य प्रायोजन सिभिल बैकले गर्दैछ । बैंकका मार्केटिङ प्रमुख सुरजविक्रम शाहीले प्रायोजनलाई हरेक वर्ष निरन्तरता दिने बताए । (सौस)

प्रतिक्रिया