आर्सनलको अग्रता कायमै

Arsenalलन्डन : इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले अग्रता कायमै राखेको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच र विश्वकप छनोटको लागि भएको दुई हप्ताको ब्रेकपछि पुन: सुचारु भएको लिगमा आर्सनलले सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको साउथह्याम्टनलाई २–० ले हराएको हो ।
उत्कृष्ट खेल पस्केपनि साउथह्याम्टनका गोलकिपर अर्टर बोरुकले गम्भिर गल्तिगरेपछि आर्सनलले अग्रता लियो । २२ औं मिनेटमा ब्याकपासलाई अर्टरले अनावश्यक खेलाएपछि आर्सनलका ओलिभर जिराउडले बल खेसेर खाली पोस्टमा गोल गर्दै आफ्नो टिममलाई अग्रता दिलाए । खेलमा पछि परेको साउथह्यामम्टले बराबरी गर्न आधा दर्जनभन्दा बढि आक्रमण गरेपनि आर्सनलका गोलकिपरले बिफल पारे । साउथह्याम्टनका लामेला र जोए रोद्रिगेजको प्रहारमा आर्सनलका गोलकिपर बाधक बनेका थिए । खेलसकिन चार मिनेट बााकी छदा पेनाल्टीमार्फत गोल गर्दै आसर्नलले अग्रता दोब्बर पारेको थियो । ८६ औं मिनेटमा प्राप्त पेनाल्टी अवसरमा जिराउडले ब्यक्तिगत तथा टिमको लागि दोस्रो गोल गर्दै साउथह्याम्टनमाथि २–० को जित पक्का गराए ।
यता अर्काे खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३–० ले हरायो । चेल्सीलाई जित दिलाउन फ्राङ्क लामपार्डले दुई गोल गरे भने अस्करले एक गोल थपे । लामपार्डले २१ औं मिनेटमा पेनाल्टीमार्फत चेल्सीलाई अग्रता दिलाउदा अस्करले ३४ औं मिनेटमा अग्रता दोब्बर पारेका थिए । ८२ औं मिनेटमा लाम्पार्डले ब्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरेपछि चेल्सीले ३–० को जित पक्का गरायो ।
रेलिगेशन जोनमा रहेको क्रिस्टल प्यालेसले जित हात पारेको दिन रेलिगेशन जोनमा रहेका अन्य दुई भने पराजित भएका छन् । पुछारबाट दोस्रो स्थानमा रहको क्रिस्टल प्यालेसले हल सिटीलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्यो । पुछारको टिम सन्डरल्यान्डलाई भने स्टोक सिटीले २–० ले हरायो । पुछारबाट तेस्रो स्थानमा रहेको फुह्यामलाई स्वान्सी सिटीले २–१ ले पराजित गर्‍यो । अन्य खेलमा दोस्रो स्थानको लिभरपुललाई इभर्टनलले ३–३ गोलको बराबरीमा रोक्दा नर्विच सिटीले न्युकासललाई २–१ ले पाखा लगयो । लिगमा १२ खेलबाट २८ अंक जोड्दै आर्सनल शीर्ष स्थानमा छ भने दोस्रो स्थानको लिभरपुल र तेस्रो स्थानको चेल्सीको २४–२४ अंक तथा चौथो स्थानको साउथह्याम्टनको २२ अंक छ । (एजेन्सी)

प्रतिक्रिया