काठमाडौंको मतगणना पनि शनिवारबाट

काठमाडौं : संविधानसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको काठमाडौ जिल्लाको मतगणना शनिवारदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार काठमाडाौ जिल्लाका दसवटै निर्वाचन क्षेत्रका समानुपातिक निर्वाचन प्रणालीको मतगणना सुरु भएको छ ।
काठमाडौं जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचनको मतगणना समाप्त भएपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले समानुपातिक निर्वाचन प्रणालीको मतगणना सुरु गरेको हो । धेरै दलले सो निर्वाचन प्रणालीमा भाग लिएका कारण मतगणना कार्यले पहिलो हुने निर्वाचित हुने निर्वाचनभन्दा केही बढी समय लिने बताइएको छ । समानुपातिक निर्वाचन प्रणालीमा १२२ दलले भाग लिएका छन् । ती दलले निर्वाचन आयोगमा समानुपातिक निर्वाचनका आफ्ना उम्मेदवारको नाम बन्दसूचीमार्फत बुझाइसकेका छन् । आयोगले दलले बुझाएका उम्मेदवारका नामावली अध्ययन गरी अन्तिम नामावली सार्वजनिक गरिसकेको छ ।
आयोगका अनुसार सो निर्वाचन प्रणालीमा १० हजार ७०९ उम्मेदवार छन् । यसमा पुरुष पाँच हजार ४४८ र महिला पाँच हजार २९१ रहेका छन् । (सौस)

प्रतिक्रिया