दाङमा जन्म दिने आमाको हत्या

Hatya 2दाङ, ८ मंसिर । दाङ जिल्लामा एक युवकले आफैलाई जन्म दिने आमाको हत्या गरेर फरार भएका छन् ।

तुल्सीपुर नगरपालिका–२ का २६ बर्षीय दानबहादुर खत्रीले आज (शनिबार) विहान पौने आठ बजे आफ्नै ६५ बर्षीया आमा सावित्रा खत्रीको हत्या गरेका हुन् । आमाको हत्या पछि दानबहादुर फरार रहेको प्रहरीले जनाएको छ ।

दानबहादुरले आमालाई साडीले घाँटीमा बेरेर हत्या गरेका हुन् । उनको खोजतलास जारी छ ।

प्रतिक्रिया