कैलाली, ८ मंसिर । उम्मेदवरा पराजित गर्न पार्ट भित्रै अन्तर्घात गरिएको आरोपमा कैलालीमा एमालेका कार्यकर्ताबीच विवाद भएको छ ।
कैलाली–२ बाट विजयी मोहनसिंह राठौरले आज (शनिबार) आयोजना गरेको चियापान समारोहमा असन्तुष्ट कार्यकर्ताले कार्यक्रम विथोल्न खोजेका हुन् । असन्तुष्ट कार्यकर्ताले पार्टीभित्र अन्तर्घात भएको आरोप लगाएका छन् ।
असन्तुष्ट पक्षको आक्रमणबाट एमालेका जिल्ला सदस्य खड्ग साउद घाइते भएका छन् ।
प्रतिक्रिया