भ्रष्टाचारको अखडा नहून्, सार्वजनिक अड्डा

byakul_mailaदेशले इमान, नैतिकता, सुशासन खोजिरहेछ
युगले हरेक जनमा, अनुशासन खोजिरहेछ !

भ्रष्टाचारको अखडा नहून्, सार्वजनिक अड्डा
धमिराले नखाइरहून्, योजनाका ढड्डा
शासन होइन, सेवा दिने, प्रशासन खोजिरहेछ
युगले हरेक जनमा, अनुशासन खोजिरहेछ !

स्वार्थका लागि कानुन छल्ने, हटोस् हाम्रो बानी
सत्तामा पुगी आदर्श भुल्ने, नहोस् बेइमानी
राष्ट्रले नयाँ विधि–प्रविधि, विचार खोजिरहेछ
युगले हरेक जनमा, अनुशासन खोजिरहेछ !

‘नमन’बाट

प्रतिक्रिया