जनमतको कदर गरौं : आयोग

Rastriya-Manb-Adhikar-Aayogकाठमाडौं, ७ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले संविधानसभा सदस्य निर्वाचन, २०७० को जनमत स्वीकार गर्न दलहरुलाई आग्रह गरेको छ ।

आयोगले आज (शुक्रबार) विज्ञप्ति जारी गरेर जनमत स्वीकार गर्न भनेको हो । ‘समग्रमा निर्वाचन शान्तिपूर्ण र भयहरहित वातावरणमा सम्पन्न भएको पाइएको छ,’ आयोगले भनेको छ ।

निर्वाचनमा सहभागी भई मतदान र मतगणनाको प्रक्रियामा सहमतिसमेत जनाइसकेपछि परिणामलाई आत्मसात नगर्दा जनमतको अवहेलना हुने आयोगको चेतावनी छ ।

‘मत परिणाम स्वीकार नगरिए लोकतान्त्रिक मूल्य र मान्यत विपरीत हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया