नयाँ चुनौतीका बीच नेपाली तेक्वान्दो

ANTA-INTERNATIONAL-CHAMPIONकाठमाडौं, ७ मंसिर । नेपाली खेलकुदको सबैभन्दा महत्वपूर्ण तेक्वान्दो नै हो । यदी नेपाली खेलकुदका स्वर्णीम र गौरवान्वीत दिन र घटनाका इतीहास लेखियो भने त्यो इतीहासका आधा भन्दा बढी पाना तेक्वान्दोले नै भरिएका हुन्े छन् । ती गौरवका गाथाहरु अब इतीहासका पाना मात्र भएका छन् । नेपाली तेक्वानदोको साख गीरेको अबस्था छ । समय यत्तिसम्म भइसक्यो की विगतका सफलताका पानाहरु पछिल्लो पुस्ताका लागि हावादारी गफ जस्तो पनि लाग्न सक्छ । खेल परिणामको कुार आफ्नो ठाउमा छ । विगतको जस्तो परिणाम छैन, सफलता कम हुदै गएका छन् । आम ब्यक्तिमा तेक्वान्दोको ‘चार्मीङ ’ कम छ । तथापी नेपालका अन्य खेलमा नभएका थुप्रै सकरात्मक पाटा अद्याबधी यसै खेलमा यसै खेलमा छन् ।

बाािषक साधारण सभा, राष्ट्रिय प्रतियोगिातको आयोजना , निरन्तर प्रतियोगिता, अन्तराष्ट्रिय प्रतियोगितामा सहागिता, संगठनीक अनुशषान र चुस्त ब्यबस्थापन नेपाली तेक्वान्दोका परिचय हुन् । यसै कारण नेपाल तेक्वान्दो संघ अन्य भन्दा पृथक र महत्वपूर्ण पनि छ । संगठीत छ र सबै तेक्वान्दोकर्मी आफैमा गर्व गर्छन् । यसै तेक्वान्दो संघले बर्षको अन्त्यतीर पोखरामा आयोजना गरेको तेस्रो साधारण सभा देखि यसै कुरा बहस चलेको थियो । यसै बर्ष झपामा भएको साधारण सभामा पनि यसको विसकाबारे बारे छलफल गर्दै नया नेतृत्व चयन गरेको थियो ।
साधारण सभामा नेपाली तेक्वान्दोले पछिल्लो समय भोगेको समस्या र चुनातीका बारे दुइ दिनसम्म बहस र छलफल हुने छ । चितवनमा सम्पन्न दोस्रो साधारणले १७ करोड रुपियाको एकडमेी निमार्ण गर्ने महत्वाकांक्षी निर्णय गरे पनि राज्य पक्षले दुइ बर्षको अबधीमा ९० लाख रुपिया मात्र निकास गर्नु दुखद भएको तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले बताए । विगतमा गर्वीलो इतीहास बोके पनि राज्य पक्षबटा अबसर र सुबधिा दिन सवालमा पनि नतीजालाई अधार मान्न भन्दा पनि दामासाहीका सोच विकसित गर्दै तेक्वान्दाकर्मील खेल क्षेत्रमा पुर्‍याएका योगदानलाइृ सधैभरी राज्य पक्षल अबमुल्यन गरेका आरोप समत महासचिवको छ ।
कार्यक्रममा बर्षभरिका उत्कृष्ट नतिजा ल्याएका डोजाङलाई सम्मानीत गरियो । सम्मनीत हुनमा युनिभर्स तेक्वान्दो डोजाङ कास्की, काठमाडौं तेक्वान्दो डोजाङ, धरान सुनसरी तेक्वान्दो डोजाङ, खुमल तेक्वान्दो डोजाङ, ९४ तेक्वान्दो डोजाङ दाङ, भैरहवा तेक्वान्दो डोजाङ र सल्लाघारी तेक्वान्दो डोजाङ रहे । चितवन तेक्वान्दो डोजाङ, बारा तेक्वान्दो डोजाङ र नौमुले तेक्वान्दो डोजाङ दैलेखलाई उत्कृष्ट डोजाङको सम्मानपत्रसहित ३० हजार बराबरको खेल सामग्री प्रदान गरिएको थियो।कोटेश्वर तेक्वान्दो डोजाङ र स्युचाटार तेक्वान्दो डोजाङलाई सर्वोत्कृष्ट डोजाङको पुरस्कार प्रदान गरिया ।
साधारणसभाको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले नेपालमा राष्ट्रिय खेलकुद नीति पारित भए पनि कार्यान्वयन विधि नहुादा लागू हुन कठिनाइ भएको बताए । उनले नेपाल सरकारले भौतिक पूर्वाधार नभएका केही जिल्लामा २५ वटा कभर्ड हल बनाउने योजना ल्याएको तर बजेटको व्यवस्था भइनसकेको भन्दै सचिव नेपालले विद्यालय तहमै खेलकुदको लैजाने नीति लिएको बताए।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले राष्ट्रिय खेलकुद परिषद्ले एकता र सहकार्यको नीति लिएको बताए।हालसम्म राखेपका राजनीति हावी भएको स्वीकार्दै सदस्य–सचिव लामाले अबदेखि राखेपमा नियुक्ति गर्दा खेलकुद विज्ञलाई मात्र नियुक्त गर्ने प्रण शीर्ष तीन दलले गर्नुपर्नेमा जोड दिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं खेलकुद इन्चार्ज कर्णबहादुर थापाले नेपालका राजनीतिक दलहरूले राष्ट्रिय खेलकुद परिषद्मा जाादा खेलकुद सङ्घलाई कसरी कब्जा गर्ने भन्नेतिर मात्र ध्यान दिएकोले विकास हुन नसकेको दाबी गरे । एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलले राज्य र राजनीतिले सबैभन्दा हेला गरेको क्षेत्र खेलकुद भएको भन्दै पञ्चवर्षीय योजनामा पनि कर्मचारीको लागि मात्रै बजेट व्यवस्था हुने गरेको बताए ।
यी दुइ साधारण सभा पछि पछिल्लो समय खस्केको नेपाली तेक्वान्दोको साख बिस्तामरा ध्यान दिइने छ भन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया