बाँकेमा एमालेको प्रभाव

नेपालगञ्ज : यस अघि एमालले कुनै पनिनिर्वाचनमा जित हात नपारेको बाकेमा यस पटक प्रभावकारी देखिएको छ । बिहिबार साझसम्मको मत गणनामा बाँकेमा एमाले र कांग्रेसले अग्रता कायम राखेका छन् । बाकेमा एमालले तीन क्षेत्रमा अग्रता कायम गरेको छ। क्षेत्र नं १ मा एमाले देवराज भार ८५९९ सहित अगाडी छन् । कांग्रेसका नारायण सिग्देलले ७६५१ र एमाओवादीका महेश्वर गहतराजले ४६५१ मत पाएका छन् । बाँके २ मा एमालका दिनेशचन्द्र यादवले ८३४१ कांग्रेसका राजकुमार वर्माले ५४३४ तथा फोरम नेपालका माहम्म्द. इस्तियाक आलमले ५४८८ मत पाएका छन । बाँके ३ मा कांग्रेसका सुशील कोइरालाले ९४६२, राप्रपा नेपालका धवलसमशेरले ७४२८ र एमाओवादीका दामोदर आचार्यले ४९६६ मत पाएका छन् । ४ मा एमालेका दलबहादुर सुनारले ९९७२,काग्रेसका कृष्णमान श्रेष्ठले ५८०३ र एमाओवादीका पूर्णाकुमारी सुवेदीले ४३६५ मत पाएकी छिन् । (सौस)

प्रतिक्रिया