निर्वाचनको बेला नुनको कृतिम अभाव

nunखोटाङ, ७ मंसिर । खोटाङको ऐसेलुखर्कमा दैनिक उपभोग्य वस्तु नुनको अभाव भएको छ ।

दैनिक जसो भन्सामा प्रयोग हुने नुन बजारमा अभाव भएको हल्ला चलेपछि उपभोक्ताहरुले आयोनुन प्रति केजि रु.५० देखी ८० रुपैया सम्ममा खरिद गर्न बाध्य भएका छन । स्थानिय होटल व्यवसायी डिकबहादुर राजभण्डारीले बजारमा नुन अभाव भएको भन्दै व्यापारीले प्रतिकेजि नुन ५० रुपैयाले किन्न बाध्य बनाएको बताएका छन् । बजारमा एक्कासी भारतीय नाका बन्द भएको भन्दै नुनको मूल्य बढेपछि आफुसाग भएको सबै नुन एकै हप्तामा सकिएको एसेलुखर्क २ का व्यापारी हर्क बहादुर राईले जानकारी दिए । उनले आफुलाई खाने नुन समेत नरहेपछि आफुले ३५ रुपैयाले बेचेको नुन फेरी प्रतिकेजि ५० रुपैयाको दरले किन्नु परेको बताएका छन । ऐसेलखर्क स्थित स्थानिय होल सेल व्यापारी लालाबहादुर राजभण्डारीको पसल आफुले यस्तो चर्को मुल्यमा नुन किन्नु परेको बताए ।
संविधान शभाको दोश्रो निर्वाचनकालागि सरकारले दुई दिन नेपाल भारतको सिमानामा सिल गर्ने हल्लालाई नाकाबन्दिको हल्ला चलाएर नुनको कृतिम अभाव सिर्जना गरिएको हुन सक्ने स्थानिय उपभोक्ताहरुको गुनासो रहेको छ । यसका बारेमा प्रहरीलाई कुनै जानकारी नआएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरिक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन ।

प्रतिक्रिया