चुनावले अन्तर्राष्ट्रिय समुदाय उत्साही

Ban-ki-Noomकाठमाडौं, ७ मंसिर । अन्तर्राष्ट्रि समुदायले दोस्रो संविधानसभा चुनाव शान्तिपूर्वक निष्पक्ष रुपमा सम्पन्न भएको जनाएको छ । एमाओवादीले चुनावी परिणामप्रति असन्तुष्टि जनाइरहेका बेला संयुक्त राष्ट्रसंघ, अमेरिका, युरोपियन युनियनलगायत मुलुकले चनावलाई निष्पक्ष रुपमा सम्पन्न भएको प्रतिक्रिया दिएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव बान–कि मुनले दोस्रो संविधानसभा चुनाव शान्तिपूर्ण रुपमा सफलतापूर्वक सम्पन्न भएको भन्दै नेपाली जनतालाई बधाई ज्ञापन गरेका छन् । महासचिव बानका प्रवक्ताले बिहीबार जारी गरेको विज्ञप्तिमा चुनावमा मतदाताको उत्साहपूर्वक सहभागिताबाट शान्ति प्रक्रियालाई अघि बढाउने उनीहरूको इच्छाशक्ति प्रस्तुत भएको उल्लेख छ ।
‘शान्तिप्रक्रियामा हालसम्म हासिल भएका उपलब्धि, राष्ट्रिय संवाद प्रवद्र्धन एवम् वास्तविक मेलमिलाप/समझदारी कायम गर्दै नयाा संविधान लेखनलाई पूर्णता दिने ऐतिहासिक जिम्मेवारी नयाा संविधानसभामा आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, अमेरिकाले ४ मंसिरमा सम्पन्न संविधानसभा चुनाव नेपालका लागि मात्र नभई द्वन्द्वपछिको पुन:निर्माण र संविधान तथा स्वदेशी माध्यमबाट विवाद समाधानतर्फ उन्मुख विश्वभरिका जनताका लागि उल्लेख्य उपलब्धि भएको जनाएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका सञ्चार अधिकृतले वासिङ्टन डिसीबाट विज्ञप्तिमार्फत सफलतापूर्वक चुनाव सम्पन्न भएकोमा नेपाली जनतालाई बधाई दिएका छन् ।
‘यो चुनाव सन् २००६ मा सुरु भएको शान्ति प्रक्रियामा एक महत्वपूर्ण कदम हो, नेपाली जनताले वर्षौा लामो गृहयुद्धको सामना गरे जसमा निर्दोष नागरिक हिंसात्मक अतिवाद र आतङ्कवादको पीडित बने,’ विज्ञप्तिमा भनिएको छ, ‘द्वन्द्व अन्त्यपछि नेपालले नागरिक समाजको समर्थन र सहयोग, महिला तथा युवा सहभागिताको प्रवद्र्धन, र सम्पूर्ण नेपाली जनताका सपना र आकाङ्क्षालाई सहयोग पुर्‍याउने खालको बहुलवादी लोकतन्त्रतर्फ महत्वपूर्ण प्रगति हासिल गरेको छ ।’
नेपालका नवनिर्वाचित नेताहरू संविधान निर्माणमा जुट्ने विश्वास अमेरिकाले लिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया