काठमाडौं, ६ मंसिर । युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले संविधानसभा निर्वाचन शान्तिपूर्ण र जनताको उच्च सहभागिताका साथ भएको ठहर गरेको छ ।
राजधानीमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा मिसनले मतदान व्यवस्थित र शान्त वातावरणमा सम्पन्न भएको जनाएको हो । उसले जनताको सहभागिता राम्रो रहेको भन्दै सराहना गरेको छ ।
‘निर्वाचन आयोगले हालसम्म स्वतन्त्र र निष्पक्ष रुपबाट काम गरेको छ,’ मिसनले भनेको छ, ‘आयोगले सम्पूर्ण निर्वाचन प्रक्रियाभर जनविश्वास हासिल गरेको छ ।’
प्रतिक्रिया