नेदरल्यान्डसँग नेपाल पराजित

Nepali-Cricketयुएई : नेपाल ट्वान्टी–२० विश्वकप छनोट खेलमा बुधबार नेदरल्यान्डसाग पराजीत भएको छ । सारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सलाई पराजीत गर्दै बिश्वकपमा छनोट हुने सोचमा साथ मैदानमा उत्रिएको नेपाललाई एक दिवसियमान्यता प्राप्त नेदरल्यान्ड्सले २२ बल बााकी छर्दै ५ विकेटले पराजीत गरेको हो ।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ७ रन जोड्यो । जवाफमा नेदरल्यान्ड्सले १६ ओभर २ बलमा ५ विकेटको क्षतिमा १ सय १० रन जोडेको थियो । नेदरल्यान्ड्सलाई जित दिलाउने क्रममा स्टेप्हन माइबर्गले २० बलमा ५ चौका र १ छक्काको मद्दतमा ३१ रन जोड्े । पिटर बोरेनले १७ रनको योगदान दिएका थिए । नेपालका बसन्त रेग्मीले चार ओभर बलिङ गर्दै १२ रन दिएर ३ विकेट लिएको थियो । कप्तान पारस खड्काले ३ ओभर २ बलमा २३ रन दिएर १ विकेट लिए भने शक्ति गौचनले ४ ओभर बलिङ गर्दै २९ रन दिएर १ विकेट लिएका थिए ।
यस अघि  नेपालका लागि ज्ञानेन्द्र मल्ले सर्वाधिक ४४ रनको योगदान दिएका थिए । नले ५५ बलमा १ चौका र १ छक्का प्रहार गरे । त्यसैगरि विनोद भण्डारीले २९ रनको योगदान दिए । उनले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे । (एजेन्सी)

प्रतिक्रिया