कार्यकर्तामाथि आक्रमण

पर्वत : पर्वतको माझफाँट गाविसमा मंगलबारराति एमालेका कार्यकर्तामाथि आक्रमण गरिएको छ । आक्रमणबाट माझफाँट–६ का एमाले कार्यकर्ता खिमबहादुर नेपाली र उनकी श्रीमती मुना नेपाली घाइते भएकी छ । घाइते खिमबहादुरको म्याग्दी जिल्ला अस्पताल बेनीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नेपाली काँग्रेस समर्थक युवाले राति ११ बजे आक्रमण गरेको एमाले माझफाँटका उपाध्यक्ष शान्तबहादुर नेपालीले आरोप लगाएका छन् । नेपाली कांग्रेसका सोमबहादुर खत्रीको नेतृत्वमा आएको ७ जनाको टोलीले आफूलाई आक्रमणको प्रयास गरेको बताए ।

प्रतिक्रिया