कार्टर मतगणना स्थलमा

काठमाडौ : संविधानसभा चुनावको पर्यवेक्षणका लागि नेपालमा रहेका पूर्व अमेरिकी राष्ट्रपति एवम् कार्टर सेन्टरका संस्थापक जिमी कार्टरले ललितपुरको मतगणना स्थलको अवलोकन गरी मतगणना प्रक्रियाका बारेमा जानकारी लिएका छन् ।
कार्टरले बुधवार बिहान १० बजे जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान पुगेर मतगणना स्थलको अवलोकन गरेका थिए । कार्टरले मतगणना स्थलको कार्यबाट आफु खुशी भएको प्रतिक्रिया पनि दिएका थिए । कार्टरले बुधवार नै नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी मतगणना स्थलको पनि अवलोकन गरे ।

प्रतिक्रिया