डोल्पामा सबैभन्दा बढी मत

जुम्ला, ६ मंसिर । संविधानसभा निर्वाचनमा डोल्पा जिल्लामा कर्णाली अञ्चलकै सबैभन्दा बढी मत खसेको निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

कुल ५१ केन्द्र भएको डोल्पा जिल्लाको २५ वटा केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याइने जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिएका छन् । उनले अन्य स्थानबाट पनि सदरमुकाम दुनैमा मतपेटिका आउादै गरेको बताए ।
यसैगरी, जुम्लाको सदरमुकाम नजिकैका गाविस चन्दननाथ, महत, कार्तिकस्वामी, तलिउम गज्र्याङकोट लगायतका ३१ वटा केन्द्रको मतपेटिका सदरमुकाम पुगिसकेको जिल्ला निर्वाचन अधिकारी अनिल किरातीले जानकारी दिएका छन् ।
अन्य मतपेटिका पनि बेलुकीसम्म सदरमुकाम पुर्‍याइने मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले बताए । कालीकोट, हुम्ला र मुगुमा पनि मतपेटिका ल्याइादै गरेको सम्बन्धित निर्वाचन कार्यालयले
जनाएका छन् ।

प्रतिक्रिया