आइभरिकोस्ट : विश्वकप छनोटको अन्तिम खेलमा सेनेगललाई पराजित गर्दै २०१४ फिफा विश्वकप ब्राजिलको लागि छनोट भएपछि अफ्रिकी राष्ट्र आइभरी कोस्टको गोल्डेन जेनेरेसनलाई विश्वकपमा प्रभाव छाड्ने मौका मिलेको छ ।
अन्तिम म्याचमा सेनेगलबिरुद्ध उत्कृष्ट ठहरिएको आइभरी कोस्टले ४–१ को नजिता निकाल्दै विश्वकमा स्थान बनाउन आठ बर्ष देखि विश्व फुटबलमा चम्केका स्टारहरु हाबी देखिए । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वस्ट्राइकर तथा हाल टर्किस क्लब गालातासारेमा आबद्ध कप्तान डिडियर ड्रोग्वाको टिमबाट अन्तिम खेलमा याया टाउरे र ब्यारीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
लगातार तेस्रो पटक विश्वकपमा छनोट भएको इभारी कोस्टले अफ्रिकी महादेशको छनोटका २१ खेलमा अपराजित रह्यो । बिना पराजय ब्राजिल टिकट पक्का गराएको आइभरी कोस्टको गोल्डेन टिमले विश्वकपमा राम्रो प्रदर्शन गर्ने चुनौती छ । टिममा रहेका ड्रोग्वा खेल जिवनको उत्तरार्धमा पुग्दा अन्य खेलाडीले पनि सन् २०२० को विश्वकपसम्म फिट नहुन सक्छन् । त्यसैले अफ्रिकी टिमको लागि यो विश्वकप ठुलो मैकाको रुपमा देखिएको छ ।
अघिल्ला विश्वकपमा यो टिमले राम्रो प्रदर्शन गर्दा गर्दै पनि अघि बढ्न सकेन । सन् २००६ र २०१० को विश्वकप खेलिसेकेको आइभरी कोस्टले आठ वर्षमा कुनै उपाधि जित्न नसकेको भन्दै फ्यान तथा समर्थक निराश छन् । यसैले यो समयमा सबैले आइभरीको कोस्टलाई ठुलो मौका आएको मानेका छन् । आइभरी कोस्टका प्रशिक्षक सब्री लोमाउचीले विश्वकपमा छनोट भएपछि भने– ‘अघिल्लो १८ महिनामा टिमको प्रदर्शनबाट खुसि छु, सबैको परिश्रमले कुनै खेल गुमाएका छैनौ, यसमा सबैले गर्व गर्नुपर्छ, अब हामीले यो लयलाई कायम राख्दै विश्वकपमा उत्कृष्ट खेल्नु पर्छ ।’
अघिल्ला विश्कपमा राम्रो प्रदर्शन गर्दा पनि भाग्यले साथ नदिएको कप्तान ड्रोग्वाको बुझाई छ । यसपटक भने भाग्यले साथ दिने ड्रोग्वाले विश्वास ब्यक्त गरेका छन् । आइभरी कोस्टका प्रभावशाली स्ट्राइकरले भने ‘ हाम्रो जस्तो सानो देशको यो लगातार तेस्रो विश्वकपको यात्रा हो, मलाई टिमप्रति गर्व छ, हामी ब्राजिलमा इतिहास बनाउछौ भन्नेमा पनि उत्तिकै विश्वास पनि । ड्रोग्वाले अघिल्लो विश्वकपमा समूह चरणमै बलियो समूहमा पर्दा पनि टिमलाई घाटा परेको बताए । तर यसपटक जस्तोसुकै समूहमा परेपनि पहिलो चरण सहजै पार गर्नेतर्फ ध्यान केन्द्रित गर्ने ड्रोग्वाले बताए ।
आइभरी कोस्टका दोस्रो रोजाइका गोलकिपर बाहेक अन्य सबै खेलाडी युरोपीयन लिगमा खेलिरहेका छन् । अफ्रिकी देश मध्ये हालको सबै भन्दा राम्रो टिम भएर पनि आइभरी कोस्टसन् २००५ मा अफ्रिकी कप अफ नेसन्स् जिते यता उपाधि बिहिन छ । त्यस यता आइभरी कोस्टले सन् २००६ र २०१२ को अफ्रिकी कप अफ नेसन्स्को फाइनलमा पराजित भएको जियो । यस्ते अफ्रिकी कपमा आइभरी कोस्टले सन् २००८ मा सेमिफाइनलको यात्रा तय गर्दा २०१० र २०१३ मा अन्तिम आठबाटै बाहिरिएको थियो । आइभरी कोस्टले विश्वकपमा अहिले सम्म समूह चरण पार गर्न सकेको छैन । (एजेन्सी)
प्रतिक्रिया