संविधान बन्ने नेता ओलीको कथन

काठमाडौं, ५ मंसिर । मतदाताका अतिरिक्त राजनीतिक दलका नेता, समाजका विभिन्न क्षेत्रसँग आबद्ध व्यक्तिले आआफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं निर्वाचन क्षेत्र नं १ का उम्मेदवार प्रकाशमान सिंहले क्षेत्र नं ७ स्थित नेपाल युवक मावि, पकनाजोलमा बिहान ७:३० बजे मतदान गरे ।

नेकपा (एमाले) का महासचिव तथा काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले धूम्रबाराहीस्थित शंखपार्कको मतदान केन्द्रमा बिहान ८ बजे मतदान गरे । एमाओवादीकी नेत्री तथा काठमाडौं निर्वाचन क्षेत्र नं ७ का उम्मेवार हिसिला यमीले चामुण्डा अंग्रेजी आवासीय विद्यालय, भुरुंखेलमा मतदान गरिन् । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार गगनकुमार थापाले बिहान ८:१५ मा मैतीदेवी केन्द्रमा मतदान गरे । कलाकार राजेश हमालले निर्वाचन क्षेत्र नं ६ को लैनचौरस्थित मतदान केन्द्रमा मतदान गरे ।

प्रतिक्रिया