सिरहा, ४ मंसिर । राजनीतिक दलका प्रतिनिधीहरुको लापर्वाहीका कारण सिरहामा मतदान प्रक्रिया निर्धारित समय भन्दा झण्डै ४५ मिनट ढिलो सुरु भएको छ ।
जनता नमूना उच्च मावि, चोहर्वा उच्च माविलगायतका केन्द्रहरुमा आठ बजेबाट मात्र मतदान सुरु भएको हो । मतदान केन्द्रहरुमा समयमै दलीय प्रतिनिधीहरु नपुगे पछि मतदान ढिला सुरु भएको हो । अधिकांश मतदान बुथहरुमा शान्तिपूर्ण रुपमा मतदान भएको स्थानीय प्रशासनको दाबी छ ।
सिराहाका प्रमुख प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले मतदान केन्द्रहरुमा उच्च सुरक्षाको व्यवस्था बनाएको बताए । सिरहामा दुई सय १६ मतदानस्थल र चारसय २७ मतदान केन्द्र छन् ।
सिराहाका केही मतदान केन्द्रहरुमा एमाओवादीका कार्यकर्ताले अबरोध सृजना गरेको कांग्रेस, एमालेले आरोप लगाएका छन् । उनीहरुले बुथ कब्जा गरेर मतदान गर्न खोजेको बताए ।
प्रतिक्रिया