काठमाडौं, ३ मंसिर । आचार संहिताको चरम उलंघन गरेको भन्दै निर्वाचन आयोगले एबीसी टेलिभिजनको सम्पूर्ण प्रशारणमा रोक लगाउन सरकारलाई अन्तरिम आदेश दिएको छ ।
आयोगले आज (सोमबार) विज्ञप्ति जारी गरेर एबीसी टेलिभिजनको सम्पूर्ण प्रशारण भोलि (मंगलबार) बेलुका ५ बजेसम्मका लागि रोक्न सरकारलाई अन्तरिम आदेश दिएको जनाएको छ ।
आयोगले यस अघि टेलिभिजनका केही समाचारमुलक कार्यक्रम रोक्न आदेश दिएको थियो । एबीसी टेलिभिजनले आचार संहिता चरम रुपमा उल्लंघन गरे पछि अघिल्लो निर्णय कार्यान्वयन नहुँदै आयोगले प्रशारण रोक्ने आदेश दिएको हो ।
आयोगले गरेका पत्राचारलाई बेवास्ता गरी स्वतन्त्र निष्पक्ष निर्वाचनमा अवरोध पुग्ने गरी एउटा दलको प्रचारप्रसार गरेकाले निर्वाचन आयोग ऐनको दफा २९ बमोजिम प्रसारणमा रोक लगाउनु परेको हो विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया