नेकपा–माओवादीका नगर इञ्चार्ज पक्राउ

maobadisकाभ्रे, ३ मंसिर । प्रहरीले काभ्रेको बनेपाबाट नेकपा–माओवादीका बनेपा नगर इन्चार्ज सौरभ कायस्थलाई पक्राउ गरेको छ ।

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा आइतबार राति कायस्थलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । नेकपा–माओवादीका नेता तथा कार्यकर्ता पक्राउ परिरहेका बेला कायस्थलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

निर्वाचन बिथोल्ने उद्देश्यले भैरहेका गतिविधि नियन्त्रणकालागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रतिक्रिया