कार्लसन उपाधि यात्रामा

chessचेन्नाइ : नर्वेका २२ बर्षिय ग्रान्डमास्टर म्याग्नस कार्लसन बिश्व बुद्धीचाल च्याम्पियनसीपको उपाधिको निकट पुगेका छन् ।
साविक विजेता बिश्वनाथन आनन्दको विरुद्धमा कार्लसनले लगातार दुइ जित हात पारे । यी दुइ विचको सुरुवाती चार खेल बराबरी भए पनि पाचौ र छैटौ खेल कार्लसनले जिते । चेन्नाइको हायात रिजेन्सी होटलमा जारी श्रृंखलाका ६ खेल सकिदा कार्लसन ४–२ ले अघि रहेका छन् । आइतबार भएको खेलमा कालो गोटीबाट खेलेका कार्लसनले रुइ लोपेज खेलमा बिस्तारै सिपाही जुधाउदै इनीसेटिभ लिएका थिए । त्यस पछि सुरुवातमा एउटा सिपाही माथि भएका कार्लसनले केही चालमा अर्को सिपाही पाए । तर पनि केही बराबरीको सम्भावना झै देखिएको खेल कार्लसनकै पक्षमा गए पछि आनन्दले ६७ औ चालमा हार स्वीकार गरे ।
४४ बर्षिय आनन्दले रुक इन्डिंगमा बराबरी गर्न खाजे पनि लगातार दोस्रो पटक हार स्वीकार्न बाध्य भए । बर्लीन इन्डिग्मा खेल नपुर्‍याउनका लागि चौथो चालमा आनन्दले ‘ डि थ्री ’ सही निर्णय मानीएको थियो भने १० औ चालमा उनले ‘ बि जी फाइभ ’ चाले पिछ कार्लसन २५ मिनेट सोच्न बाध्य भए । १५ औ चाल पछि आनन्दले किंग साइडमा खेल्न खोजे र नाइट एफ फायभमा राखे । २६ औ चालमा चलेको ‘ सि फोर’ले कार्लसनलाई विजयको दिसा दिएको थियो । कार्लसनले आनन्दले केही राम्रा चाल राखेर खेललाई बराबरी तर्फ मोड्न खाजे पनि मिनी प्लान सफल भएकाले जित हात पारेको बताए । (एजेन्सी)

प्रतिक्रिया