मतपेटिका लुटियो

हेटौँडा : मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं ४ को काकडा गाविसको सिलिङ्गे मतदान केन्द्रमा लैजाादै गरिएको दुई वटा मतपेटिका शनिबारराति अज्ञात समूहले लुटेर लगेको छ ।
मतपत्रलगायतका अन्य निर्वाचन सामग्री भने सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशबहादुर ऐरले बताएका छन् ।
निर्वाचन कार्यालयले उक्त मतदान केन्द्रमा आइतबार बिहानै कडा सुरक्षाका साथ आवश्यक मतपेटिका पठाइसकेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जाननकारी गराएका छन् ।
मकवानपुर जिल्लामा एक लाख ९२ हजार ३१८ मतदाता रहेका छन् भने जिल्लामा चारवटै निर्वाचन क्षेत्रमा गरी २९३ मतदान केन्द्र तथा उपकेन्द्र रहेका छन् भने जिल्लामा कार्यरत निजामती, जङ्गी तथा प्रहरी कर्मचारीका लागि पााच वटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । (सौस)

प्रतिक्रिया