कृपालुजी महाराजको निधन

काठमाडौं : आध्यात्मिक गुरु कृपालुजी महाराजको निधन भएको छ । २९ कात्तिकमा कृपालुजी महाराजको ९२ वर्षको उमेरमा निधन भएको हो ।
‘गुरुदेव श्री कृपालुजी महाराजले यही २०१३ नोभेम्वर १५ तदनुसार कात्तिक महिनाको २९ गतेका दिन विहान ७:०५ बजे ९२ वर्षको उमेरमा आफ्नो दिव्य अलौकिक देह समेटेर यस अवतारकालको लीला सम्वरण गर्नुभयो,’ स्वामी हरिदास (प्रचारक जगद्गुरुश्री कृपालुजी महाराज)द्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘भगवान् र महापुरुषमा इच्छामरणको शक्ति हुन्छ । श्री महाराजजीको महाप्रस्थानको यस क्षणले भगवान् श्रीकृष्ण पछि यस युगका चार जगद्गुरुहरु र श्रीगौराङ्ग महाप्रभु समेतले यस धर्तीलाई छोड्दा संसारमा जुन शून्यता पैदा भएको थियो, त्यही अवस्था आज सृजना भएको छ ।’ (सौस)

प्रतिक्रिया