काठमाडौं, २ मंसिर । शुलभ धिताल र प्रशान्त बस्नेत प्रथम नेपाल जुनियर खुला लनटेनिस प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोही स्पर्धामा उनीहरूसँगै संरक्षकभूषण वज्राचार्य र उनका भाइ सम्यक, अभिनव आचार्य, रेन्जन लामा, प्रनव खनाल र आदित्य सुवेदीले पनि अन्तिम आठमा स्थान पक्का गरे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा शुलभले आर्यन गिरीलाई प्रतिस्पर्धात्मक खेलमा ७–६ र ६–४ ले पराजित गरे भने प्रशान्तले राहुल सिंहबाट वाकओभर पाए । त्यस्तै संरक्षकले अदित सुवेदीलाई ६–१ र ६–०, सम्यकले सत्यानन्द तामोरलाई ६–० र ६–०, अभिनवले दिवस तुलाधरलाई ७–५ र ६–३, रेन्जनले बासु श्रेष्ठलाई ६–० र ६–०, प्रनवले सहर्ष चन्दलाई ६–१ र ६–१ तथा आदित्यले प्रथम मानन्धरलाई ६–१ र ६–१ को सोझो सेटमा हराए । यु–१२ गल्र्स सिंगल्समा इरा राउतले रियाशा वैद्यलाई ६–२ र ६–२, मेधावी गिरीले लक्ष्मी विश्वकर्मालाई ६–३ र ६–३, क्याथ्रिन माथेमाले स्वस्तिका गुरुङलाई ६–० र ६–०, करुणा गौचनले सलोनी तामाङलाई ६–० र ६–०, अल्शा रेग्मीले निमानशा तामोरलाई ६–१ र ६–१, खुशी पाण्डेले अभिलाषा विष्टलाई ६–० र ६–०, उत्सवी जोशीले फुरा शेर्पालाई ६–० र ६–० तथा एनी माथेमाले राधा भुजेललाई ६–२ र ६–१ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । जुनियर टेनिस खेलाडीहरूको अभिभावकको सक्रिएतामा आयोजित प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा विजिशा श्रेष्ठले क्याथ्रिन माथेमालाई ७–६ र ६–१, इरा राउतले रियाशा वैद्यलाई ६–१ र ६–१ तथा उत्सवी जोशीले मेधावी गिरीलाई ६–१ र ६–३ ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय गरे । लक्ष्मी विश्वकर्माले अल्शा रेग्मी तथा एनी माथेमाले शितिशिका श्रेष्ठबाट वाकओभर पाएर क्वाटरफाइनलमा पुग्न सफल भए ।
यु–१४ ब्वाइज सिंगल्समा विवेक श्रेष्ठले अभिनव आचार्यलाई ६–२ र ६–१, सहर्ष चन्दले भेदान्त अग्रवाललाई ६–२ र ६–१ तथा सत्यानन्द तामोरले आशुतोष पाहाडीलाई ६–२ र ६–२ को सीधा सेटमा निराश पार्दै अन्तिम आठमा स्थान बनाए । यु–१० ब्वाइज सिंगल्समा आरवसिंह हाडाले कुशल जोशीलाई ८–२ ले पराजित गर्दै दोश्रो चरणमा पुगे । अवी जोशी, सिरादनइ चन्द र अकी जुवेन राउत आ–आफ्नो प्रतिद्वन्द्वीबाट वाक ओभर पाउदै क्वाटरफाइनलमा प्रवेश गरे । यु–१० गल्र्स सिंगल्समा इशाश्री शाहले हरिका लिमलाई ८–३, निमान्शा तामोरले श्रीया चित्रकारलाई ८–३, आशियाना प्रसाईंले सुवाशी श्रेष्ठलाई ८–० तथा मानवी शाहले विजुशी प्रधानलाई ८–१ ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे । कूल ९६ हजार पुरस्कार राशीको प्रतियोगिता मंसिर ८ गतेसम्म चल्ने संयोजक अजय विष्टले जनाएका छन् ।
प्रतिक्रिया