नेप्से ६ सय नाघ्यो

काठमाडौं : यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय २३ कम्पनीहरुको एक अर्ब ५० करोड ३० लाख ९० हजार रुपिँया बराबरका ६५ लाख ९४ हजार ७ सय ८० कित्ता शेयरहरु खरीद बिक्री भएका छन् ।
कूल कारोबार मध्ये ‘क’ वर्गका कम्पनीहरुको मात्र ५२ करोड ४ लाख ६० हजार रुपैयाा बराबरको कारोबार भएको छ । यो कूल कारोबारको ३४.६३ प्रतिशत हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २०.१५ अंकले वृद्धि भई अन्तिम दिन ६००.२८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ४.८३ अंकले वृद्धि भई १४९.३१ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (रु. ११ करोड ६९ लाख रुपिँया) को आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार भएको युनिट संख्या ( ९ लाख ८१ हजार युनिट) को आधारमा सिद्धार्थ ईन्भेष्टमेण्ट ग्रोथ स्किम १ अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार संख्याको आधारमा (१६७९ वटा) को आधारमा मेगा बैंक नेपाल अग्रस्थानमा रहेको छ । कारोबार रकमका आधारमा सातामा नेपाल बैंक लिमिटेड, सूर्या लाइफ इन्स्योरेन्स, नबिल बैंक, नेपाल बंगलादेश बैंक लि र कमर्ज एन्ड ट्रस्ट बैंक नेपाल रहेको छ ।

प्रतिक्रिया