अंग्रेजीमा एमालेको घोषणापत्र

काठमाडौं, २ मङ्सिर । नेकपा (एमाले)ले आफ्नो निर्वाचन घोषणापत्रलाई अङ्ग्रेजी भाषामा पनि प्रकाशन गरी प्रचार गरिरहेको छ ।

संविधानसभा सदस्य निर्वाचनको घोषणापत्रको पूर्णरुप (फुलटेक्स्ट) र सङ्क्षेपीकरण (सिनप्सिस) लाई अङ्ग्रेजी भाषामा मुद्रण गरिएको एमालेका पोलिटब्युरो सदस्य विष्णु रिमालले जानकारी दिए ।
अङ्ग्रेजी भाषामा पनि घोषणापत्र पढ्न र हेर्न चाहने मतदाता तथा शुभेच्छुकको चाहना बुझी अनुवाद गरिएको र यस्तो प्रयोग सम्भवत: पहिलो भएको दावी सदस्य रिमालको छ । अनुवाद संस्करणलाई पार्टीले आफ्नो आधिकारिक वेबसाइटमा पनि राखेको छ ।

प्रतिक्रिया