‘४ दलले निषेधको राजनीति गरे’

भक्तपुर : नेकपा–माओवादीका सचिव देव गुरुङले राज्य र चार दलले सम्पुर्ण शक्ति प्रयोग गरेर जबर्जस्त निषेधको राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबले भक्तपुरमा शनिवार आयोजना गरेको कार्यक्रममा गुरुङले बाह्य शक्तिको इसारामा सेना र प्रहरीलाई प्रयोग गरेर राज्यले हिंस्रक राजनीति गरेको आरोप पनि लगाए । उनले राष्ट्रिय सहमति मात्र अहिलेको सही मार्ग भएको जिकिर गर्दै आफ्नो पार्टीले आह्वान गरेको आम हड्ताल र चक्काजाम बाध्यात्मक परिस्थितिको उपज भएको बताए ।
नेता गुरुङले बाह्य शक्तिको प्रभाव र हस्तक्षेपको दबाबमा हुन लागेको निर्वाचनले कुनै निकास निकाल्न नसक्ने दाबी पनि गरे ।

प्रतिक्रिया