‘मिस बुम बुम–२०१३’ को उपाधी मकेडोलाई

bum-bum1bum-bum3bum-bum2ब्राजील । ब्राजीलमा सम्पन्न ‘मिस बुम बुम–२०१३’ प्रतियोगिताको विजेता २५ बर्षीया डाय मकेडोले जितेकी छन् ।

एलियाना एमरल दोस्रो र जेसिका एमरल तेस्रो भएका छन् । यस पटक यो प्रतियोगिता धेरै विवादमा रहेको थियो ।

प्रतियोगीहरुले पहिलो र दोस्रो नम्बरका लागि पहिला नै निर्णायक मण्डलका सदस्यलाई रकम दिएको आरोप लागेको थियो ।

प्रतियोगिताको पहिला दुई विजेतालाई ब्राजीलका सबै भन्दा सेक्सी र शीतल महिलाको उपाधी दिने गरिएको एजेन्सीले जनाएको छ । ब्राजीलमा यो प्रतियोगिताका लागि युवा–युवती खूब दीवाना हुने गरेको समाचारमा जनाईएको छ ।

बुम–बुम मिसको विजेता युवतीलाई ब्राजीलमा सेलिब्रेटीका रुपमा लिने गर्छन् ।

प्रतियोगिता जित्नका लागि २५ बर्षीया सुन्दरी मैरी सौसा र २४ बर्षीया एलियाना एमरलले निर्णायक मण्डलका सदस्यलाई हजारौं पाउण्ड घुस दिए पछि प्रतियोगिता विवादमा तानिएको थियो ।

प्रतियोगिताका विजेतालाई १५०० पाउण्ड नगद, करीब १९ लाख ८७ हजार ५०० रुपियाँ बराबरको मोडलिङगको रकम दिईने गरिन्छ ।

प्रतिक्रिया