काठमाडौं : मनाङ मस्याङ्दी क्लब सिक्कममा जारी ३४ औ गभर्नर्स गोल्डकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । शुक्रबार भएको
क्वार्टरफाइलन खेलमा मनाङले भारतको दोस्रो डिभिजनको क्लब रोयल वाहिङडोहलाई २–१ ले पराजीत गर्यो ।
मनाङले ५९ औ मिनेटमा रोयल वाहिङडोहका खेलाडीको आत्मघाती गोलपछि अग्रता लिएको थियो । त्यसै गरि रोयल बाहिङडोहले खेलको ६३ औ मिनेटमा गोल गर्दै खेलालाई १–१ को बराबरीमा ल्यायो । निर्धारित समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको १ सय ७ औ मिनेटमा नेपालको मनाङका लागि सुजल श्रेष्ठले निर्णायक गोल गरे । (सौस)
प्रतिक्रिया