पदचिह्न

amogh-kafleखस्दो छ
रजस्वला– चक्र †

एक आकाश तल
एक हिमाल मुन्तिर
हिउँद सुरु भइसकेछ †

मतचक्र उनको ऋतुचक्र
जलचक्रमा जलगतजस्तो
एक गोताखोरको मृत देह
उनकै किनारामा उत्रिएको छ †

उनकै काखमा
छचल्किएको हो जन्म–चक्र †

उनकै काखमा
ब्यालेट छ सु रु:
म त घुमिरहेको छ देह–चक्रमा †

एक भन्दो छ :
यो मेरो देह †

होइन ।
–अर्को भन्दो छ :
यो त मेरो पो †

बिर्सिएका छन् तिनले
एक गिद्द उत्रनेछ आकाशबाट
मृत देहमाथि बसेर कुर्लनेछ त्यो :
मित्र गण,
यो त मेरै थियो †

त्यही आकाश तल
छमछमी नाच्दो छ
बरा–बिचरा
मयुर–छाप लगाम †

छेउमै त छ
इन्द्रेणी झरेको मतपेटिका
घोडे–चौरमा
मतदान गरिरहेका
बरा–बिचरा
घोडाचढीहरूकै काखमा

त्यही आकाश तल
एक तबेलामा
हिउँद सुरु भइसकेछ :
कोणधारी रूखपातहरूमाथि पनि
हिमपात सुरु भइसकेछ ।

त्यहीँ एक गुफाभित्र
छापिएछ
बरफकै प्रेमपत्र फेरि †
कुनै भूमिगत सूर्यले
पगाल्यो कुनै दिन
र, मानौं बिउँझिएको थियो
उनको हृदय †

समयको भुमरी परेको,
रक्तचक्रमा रक्तगतजस्तो
स्वप्नचक्र उनको ऋतुचक्र †

मृत्युको मुखमा मैले तिमीलाई जन्माउन नसकेको †
एक शिलालेखको छातीमा
एक दिन पछुताउनेछ त्यो एक मानिस–

उत्रनेछ
तिम्रै किनारमा
फेरि पनि कि
एक हिउँदे देह †
– पछुताइरहनेछ त्यो †

रक्तदाता,
तिमीले त्यागेको
केही प्रिन्ट रगत पनि त,
बरफ भइसकेछ †

प्रतिक्रिया