‘देशलाई द्वन्द्वबाट जोगाउन निर्वाचन सारौँ’

काठमाडौं : केही बुद्धिजीवीले मंसिर ४मा हुन लागेको संबिधानसभाको दोश्रो निर्वाचन स्थगित गरी सम्पूर्ण राजनीतिक दलको सहमतिमा अर्को मिति तोक्न माग गरेका छन् । राजनीतिक सहमतिमा हुने चुनावले मात्र निकास दिने उनीहरुको दाबी छ ।
विश्वविद्यालयका प्राध्यापकहरु प्रा. डा. पुष्पकमल सुबेदी, सहायक प्रा. भेषनाथ सापकोटा, स.प्रा.लोकबहादुर बरालसहित नौ जनाले शुक्रबार विज्ञप्तिमार्फत अहिलेको चुनाव रोकी राजनीतिक पार्टीहरुको सहमतिमा अर्को मिति घोषणा गर्नुपर्ने धारणा राखेका छन् । यथास्थितिमा चुनाव गर्दा द्वन्द्वको सम्भावना रहेकाले त्यसबाट राष्ट्रलाई बचाउनु नै संपुर्ण सरोकारवालाहरुको दायित्व हुने विज्ञप्तिमा उल्लेख छ । ‘अन्यथा तत्कालीन संयुक्त जनमोर्चाको ४० बुादे मागको बेवास्ताले निम्त्याएको विगत १० वर्षे द्वन्द्वभन्दा कहालीलाग्दो अवस्थाबाट राष्ट्र गुज्रने स्थिति आउन सक्छ,’ ज्ञिप्तिमा भनिएको छ । (सौस)

प्रतिक्रिया