प्रहरी महानिरीक्षक रानाको अनिवार्य अवकास

Kuber Shing Ranaकाठमाडौं, २९ कात्तिक । उमेर हदका कारण अनिवार्य अवकास पाएका प्रहरी महानिरीक्षक कुवेरसिंह रानासहित सात जना अतिरिक्त प्रहरी महानिरीक्षकहरुको विदाई भएको छ ।

विदाई हुनेमा एकजना नायव अतिरिक्त महानिरीक्षक पनि छन् । तीस बर्ष सेवा अवधि पुरा गरी सेवा निबृत्त महानिरीक्षक रानाको आज (शुक्रबार) प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित बिशेष समारोहबीच बिदाई गरिएको हो ।

उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् । महानिरीक्षक रानाले प्रहरी सेवाको भर्ना छनौट, बृत्ति विकास र मुल्याङ्कन पद्धतीलाई बैज्ञानिक सर्वग्राह्य र बस्तुगत बनाउन लोकसेवाको सामान्य सिद्धान्त लागू गरिएको बताए ।

त्यसैगरी सेवा निबृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरु नवराज ढकाल, भीष्म प्रसाई, दीनकर शम्शेर जवरा, गंगा पाण्डे, रमेश बिक्रम शाह, विनोद सिंह, पुष्करनाथ रेग्मी र प्रहरी नायव महानिरीक्षक टपेन्द्रध्वज हमाललाई समेत बिदाई गरिएको छ ।

भोलि मंसिर–१ गते शनिबारदेखि प्रहरी महानिरीक्षकमा बढुवा भएका उपेन्द्रकान्त अर्यालले जिम्मेवारी सम्हाल्ने छन् । सरकारले उनलाई महानिरीक्षकमा बढुवा गरेको हो ।

प्रतिक्रिया