विवाहपछि पनि संगीतमा घरपरिवारको सपोर्ट छ

पछिल्लो समयमा के मा व्यस्त हुनुहुन्छ ? 
– अहिले विशेष गरेर म संगितमै व्यास्त रहेको छु । संगितकार लाल सुन्दर राई ज्युको एकल संगितमा मैले गितहरु रेकर्डिङ गराईरहेको छु । एल्वम केहि समयपछि निकाल्ने प्रयासमापनि जुटेको छु । यससंगै त्यहि साङ्गितिक कार्यक्रमहरुमा व्यास्त छु ।
सांगीतिक क्षेत्रमा कसरी लाग्नुभयो ?
– म साङ्गितिक क्षेत्रलाई सानैदेखि रुचाउथे । विभिन्न कलाकारहरुको गितहरु गुनगुनाउने गर्थे । त्यहि parbati-rai--कारणलेपनि होला मलाई आफ्नो स्वर सुन्ने घरपरिवार तथा छिमेकिहरुले राम्रो गायिका बन्नुपर्छ भन्ने सल्लाह दिन्थे । सानै उमेरदेखि राम्रो गायिका बन्ने चाहना जागेको थियो । म काठमाडौ आएपछि त्यो चाहना पुरा गर्न लागे र अहिलेपनि लागिरहेकी छु ।
विवाहपछि साङ्गितिक क्षेत्रमा परिवारको सपोर्ट कस्तो छ ?
– अरु कलाकारको घरपरिवारबाट कस्तो सर्पोट मिल्छ, त्यो मलाई थाहा छैन, तर मलाई चाहि विवाहपछिपनि मेरो माइतिबाट जस्तै संगितमा सर्पोट छ । त्यहि भएरैपनि म अहिले सम्मपनि साङ्गितिक क्षेत्रमा लगातार रुपमा सकृय भएर लागिरहेकी छु । ‘म कहिलेकाहि सोच्ने गर्छु, यदि मेरो परिवारले संगितलाई नजिकबाट नबुझिदिएको भए, म यो स्थानमा न हुन्थे न त मेरो गायिका बन्ने सपनानै साकार हुन्थ्यो ।’
नेपालि साङ्गितिक बजारमा गित गाएरै त जिविका चलाउन कलाकारहरुलाई गाह्रो छ भनिन्छ नि ?
– मैलेपनि समाचारहरु सुन्दा त त्यस्तै सुन्ने गरेकि छु । तर मलाई चाहि नेपालि संगितले नै जिविका चलाईदिरहेको छ । अहिले सम्म मैले कुनै अन्य व्यावसायपनि गरेको छैन । अहिले सम्म म गाएर धेरैभन्दा धेरै सन्तुष्टि छु ।
साङ्गितिक क्षेत्रमा लाग्न चाहनुहुने नव कलाकारहरुलाई के सुभाव दिनुहुन्छ ?
– सबैभन्दा पहिला तँ कलाकारको स्वर नै राम्रो हुन पर्‍यो । दोस्रो कुरा भनेको राम्रो स्वरलाई संगित अध्ययनकोपनि आवश्यक पर्छ । तेस्रो कुरा गायक होस् या गायिका लगनशिलता र मेहेनतको धेरै आवश्यक छ । यि तिन कुरालाई नव कलाकारहरुले फलो गरेर आए संगितमा सजिलै सफल हुन सक्छन् ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया