नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने : मुस्लिम संगठन

विराटनगर : विराटनगरका मुस्लिमले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गरेका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम सङ्गठन नेपालले बुधबार आयोजना गरेको आयोजित कार्यक्रममा सहभागी मुस्लिम अगुवाले नेपाल हिन्दु राष्ट्र भएमात्र मुस्लिम समुदाय सुरक्षित हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य मोहम्मद मुस्लिम मियाँले सदियाौदेखि नेपाली मुसलमान र हिन्दु मिलेर बस्दै आएकोमा दलीय स्वार्थका कारण नेताहरूले देशलाई धर्मनिरपेक्ष घोषणा गरेर मुस्लिमलाई समेत सङ्कटमा पारेको बताए ।
यस्तै रानीस्थित मस्जिदका मौलाना अहमदले राजासहितको प्रजातन्त्रले मात्र सबैको भलो हुने बताए । कार्यक्रममा राप्रपा नेपालका मोरङ जिल्ला अध्यक्ष डम्मरबहादुर कार्कीले नेपालको एकीकरणमा समेत मुस्लिमको ठूलो योगदान रहेको बताएका थिए ।

प्रतिक्रिया