मनाङ–मस्र्याङ्दी क्वाटरफाइनलमा

MMCकाठमाडौ : सुजल श्रेष्ठले अतिरिक्त समयमा गरेको गोलको सहयोगमा ओएनजीसीलाई २–१ ले हराउदै मनाङ मसर्याङदी क्लब गभनर्स गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रबेश गरेको छ ।
सिक्कीमको गान्टोकमा बुधबार भएको खेलमा तीनवटै गोल अतिरिक्त समयमा भएका थिए । खेल सकिन एक मिनेट बाकी रहखा सुजलले गोल गरेका हुन् । निर्धारित समय गोल रहित बराबरीमा सकिएको खेलमा अतिरिक्त समयमा मनाङले नै अग्रता लिएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा अनील गुरुङको उत्कृष्ट फीनीसिङको नमुना देखाउदै गोल गरेका थिए । त्यसको १३ मिनेट पछि ला पुइयाले पन ित्यत्तिकै सानदार गोल गरे ।
खेलमा पाखुरामा लागेको चोटका कारण दिपक राइ उपस्थित थिएनन् । खेलको पाचौ मिनेटमा रुपेस केसीको प्रहार बारमा लागेर फर्केको थियो । १३ ओ मिनेटमा गोलरक्षक बिशाल श्रेष्ठले सानदार बचाउ गर्दै मनाङको संकट टारेका थिए । ७५ औ मिनेटमा सुलभको क्रसमा अनीलले गरेको सानदार प्रहार विपक्षी गोलरक्षकले बचाएका थिए । ८६ औ मिनेटमा शिब श्रेष्ठको प्रहार पनि बारमा लागेर फर्केको थियो । (सौस)

प्रतिक्रिया