दुबइ : विश्वकप ट्वान्टी–२० छनोट खेलका लागि यूएइमा मैत्रीपूर्ण खेल खलिरहेको नेपाली राष्ट्रिय टिमले दोस्रो अभ्यास खेलमा अमेरीकासँग पराजित भएको छ । मंगलबार यूएइसंगको खेलमा ५ विकेटको जित हात पारेको नेपाली टोलीले बुधबार अमेरीकासंग ५ विकेटको हार ब्यहोर्यो ।
अवुधावी ओभल टु मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले १ सय २९ रनको लक्ष्य छाडेको थियो । नेपालका ज्ञानेन्द्र ल्लको ३८ रन जोडे । सरद भेस्वाकरले २६ तथा विनोद भण्डारीले २२ रन जोडनु बाहेक अन्य खेलाडिले दोहोरो रनको स्कोर तयार पार्न सकेनन् । मंगलबार उत्कृष्ट प्रदर्शन गरेका कप्तान पारस खड्काले अमेरीका विरुद्धको खेलमा भने १० बलको सामना गर्दै छौटौँ ओभरको पहिलो
बलमा ६ रन बनाउदै आउट भए । उनी मुहमद्ध घोसबाट एलवि डब्लु आउट भए । मंगलबार पनि नजमेका प्रारम्भीक ब्याट्सम्यान ्बुधबार पनि असफल रहे ।सुवास खकुरेल ३ रनमा पेविलियन फर्किए । प्रदिप ऐरीपनि धेरैबेर क्रिजमा रहन सकेनन् उनी दोस्रो ओभरको चौँथो बलमा क्याच आउट भएका थिए ।
त्यसपछिका ब्याटसम्यानहरु ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले सम्हालीएर प्रदर्शन र्दै नेपालको इनिङ उकासेका थिए । अन्यले राम्रो प्रदर्शन गर्न नसके पछि अमेरीकाले झीनो लक्ष्य प्राप्त गरको थियो । अमेरीकाका लागि मुहमद्ध घोषले दुई विकेट लिएका थिए ।१ सय ३० रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको अमेरीकाले १९ ओभर ४ बलमा पुरा गर्यो । अमेरिकाका इलमोर हुचिनले ३३ तथा टिमरोय एलेनले अविजित ३२ रनको पारी खेलेका थिए । (एजेन्सी)
प्रतिक्रिया