काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री कार्यालयका सचिब कृष्णहरि बास्कोटाले यातायात बन्द नरहेको र सम्पूर्ण दैनिक उपभोग्य बस्तु यथावत रुपमा आपूर्ती भइरहेको बताएका छन् । सम्पूर्ण उद्योग कलकारखाना यथावत संचालन गर्ने, बिहान ४ बजे देखि नै तरकारी, दुध ढुवानिका साधनलाई सुरक्षा दिने, शैक्षिक सस्थाको पठन पाठन नियमित गर्ने, भन्सार देखि ढुवानिका साधनलाई सुरक्षा व्यबस्था राखि संचालन गराउने, क्षति भएका सवारि साधनलाई तत्काल ५० हजार र क्षतिमा ९०, ७५ र ५० प्रतिशत क्षति पूर्ति सरकारले उपलब्ध गराउने उनले बताए ।
मिडिया इन्टरनेशनलले बुधकार आयोजना गरेको कार्यक्रक्रममा बोल्दै उनले खाघान्न र अत्यावश्यक वस्तुको स्टक प्रयाप्त मात्रामा रहेको बताए । सचिव बास्कोटाले खाद्यन्न, काठमाडौंमा तिन हजार ५० मेट्रिकटन (चार सय मेट्रिकटन दैनिक खपत हुने र सात हजार तिन सय मेट्रिकटन ) स्टक रहेको र त्यो स्टकले २१ दिन सम्म पुग्ने बताए । त्यसै गरि यातायातमा बिमा कम्पनिहरुले पाँच लाखसम्मको केसमा बढिमा १५ दिन भित्र दश लाखको केसमा वढिमा ३० दिन भित्र र सो माथिको केसमा ४५ दिन भित्र भुक्तानी गरिसक्ने पनि उनले बताए । त्यस्तै चुनाव सम्मका लागि पेट्रोलियम पदार्थ, ग्यास, हवाई इन्धनको स्टक वृद्धि गर्ने जनाएको छ । हवाई उडान, अतिरिक्त उडान र विमानस्थलसम्मको आवत जावत खुल्ला गर्ने पनि उनले बताए ।
सोही कार्यक्रममा उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापती दिनेश श्रेष्ठले विरोध गर्दा कसैलाई असर नहुने गरि विरोध गर्नु पर्ने बताउँदै देश वाहिर मात्र नभइ देश भित्र पनि सामान ओसारपसार गर्ने अबस्था नभएको बताए । जसले बन्द गरे पनि सबै भन्दा ठुलो असर अर्थतन्त्रमा पर्ने उनको भनाई थियो ।
कुनै पनि ठाँउमा बन्द भए तुरुन्त नेपाल सरकारले खोलाउनु पर्ने, बन्द कर्ताले बन्द गर्दा कुनै पनि किसिमको क्षती भए त्यो क्षती बन्द कर्तालाई नै तिर्न लगाउनु पर्ने कुरामा उनले जोड दिए । त्यस्तै सरकारले दिने क्षती पूर्ति दिने ग्यारेन्टि हुनुपर्ने पनि उनले बताए ।
प्रतिक्रिया