यति बेला म जनताको बिचमा जाने र उनीहरु संग मत माग्ने काममा ब्यस्त छु । जनतामा यस क्षेत्रबाट एमालेले मलाई उमेदवार बनाएकोमा धेरै उत्साहि छन् । एमालेको पक्षमा जनताको अपार जनमत सिर्जना भएको छ । एमाले पार्टी सधै जनताको बिचमा लोकप्रिय पार्टी हो र म त्यो पार्टीको उमेदवार त्यसले पनि मलाई बिजयको नजिक पुर्याको छ । अर्को कुरा मैले स्थानीय निकायको जनप्रतिनिधि भएको बेला यस क्षेत्रको लागी धेरै काम गरेको थिएँ । उति बेला आफुले गरेको काम यती बेला जनता आफै स्मरण गराउँदै छन् भन्छन् –तपाँइले वडा अध्यक्ष हुँदा धेरै राम्रो काम गर्नु भएको थियो । यो बाटो, ढल, खाने, पानी, बिजुली जस्ता जनताको आधारभुत समस्या समाधान गर्न तपाँइले गरेको उल्लेखीनीय काम हामीले बिर्सेका छैनौं । जनतामा म प्रतिको बिस्वास र मैले गरेका कामले उनीहरु फेरी मलाई यस क्षेत्रको प्रतिनिधि बनाउन चाहन्छन् । जनताको साथ र चाहना भए निर्वाचन जित्न गाह्रो छैन ।
एमालेले सधै जनताको बिचमा रहेर उनीहरुको हितमा काम गरेको इतिहास छ त्यो इतिहास नेपाली जनताले भुलेका छैनन । मलाई बिश्वास छ जनतामा रहेको एमाले प्रतिको आस्था विस्वासले यो निर्वाचनमा मैले जित्नेमा कतै शंका गरीरहनु पर्दैन । वडा अध्यक्ष हुँदा जे गरे यो पटक जित्दा धेरै गर्न सक्छ भन्ने जनतामा बिश्वास छ । उति बेला क्षेत्र सानो, बजेट थोरै र जम्मेवारी कम थियो । यति बेला सबै कुराले मलाई प्रतिकुलता तिर लगेको महसुस हुँदै छ । जनता पनि चाहन्छन् वडा को जिम्मेवारी पाउँदा त्यति धेरै काम गर्नेलाई सभाषद बनाइयो भने पक्कै धेरै काम गर्ने छ भन्नेमा । मैले उति बेला गरेको काम र मेरो क्षमताको यहाँको जनताले मुल्याङ्कन गर्नेमा म ढुक्क छु । मैले राजनैतीक रुपमा जे जे जिम्मेवारी पाएको छु त्यसलाई जनताको पक्षमा इमान्दारीता पुर्वक पुरा गरेको छु । जनताले गुनासो गर्न पर्ने गरी केहि काम गरेको छैन ।
यतिबेला यो क्षेत्रका जनताले नयाँ अनुहार खोजेको छन् । कारण हो विगतको संविधानसभामा जितेर गएका नेपाली कांग्रेसका उमेदवारले क्षेत्र प्रति गरेको बेवास्ता । उनले जनतालाई गरेको प्रतिवद्धता र जनताले उनीसंग गरेको अपेक्षा पुरा गर्न सकेनन । उनी ले जनताको बिचमा धेरै आस्वासन बाडेका थिए तर ति कुनै पुरा गरेनन त्यसैले उनी प्रति जनता रुष्ठ छन् । म जनतालाई जे गर्न सक्छु त्यहि भन्छु त्यो मेरो राजनैतीक चरित्र हो । जनता पनि मेरो बिगतको काम र मेरो पार्टी नेकपा एमाले को बिचारसंग प्रभावीत भएका छन् । एमाले ले नौ महिने सरकारमा रहदा स्थानीय स्तरमा गरेको बिकास को काम यहाँको जनताले भुलेका छैनन । त्यसैले यहाँका जनता क्षेत्र र राष्ट्र प्रति जिम्मेवार हुने नेताको खोजीमा छन् म उनीहरुको त्यो रोजाई पुरा गर्ने एकमात्र उमेदवार भएको छु ।
मेरे बारेमा यो क्षेत्रको जनतालाई मात्र हैन धेरै नेपालीलाई थाहाँ छ । दुइपटक खेलकुद परिषदको सदस्य सचिव हुदाँ गरेको उल्लेखनीय भुमिका निर्वाह गरेको थिएँ । त्यसैको आधारमा पनि यहाँको जनता म प्रति बिश्वस्त छन् । मलाई जिताउदा क्षेत्रको मात्र हैन राष्ट्रको लागी केहि गर्न सक्ने क्षमता भएको ब्यत्ति हो भनेर । यो क्षेत्रका जनता बिगतमा जस्तो क्षेत्र प्रति गैर जिम्मेवार ब्यत्तिलाई जिताएर क्षेत्रलाई पछाडी पर्न चाहदैनन । उनीहरु जिम्मेवार र बोलेको कुरा पुरा गर्ने उमेदवारलाई जिताउन चाहन्छन् । मलाई सबै थाहाँ छ जनताको चाहना के हो र यो क्षेत्रको समस्या के के हुन भनेर । वडाको प्रतिनिधि हुदाँ जनताको बिचमा गरेको कामलाई म पुन निरन्तर दिन चाहन्छु । त्यति बेला वडामा मात्र काम गर्ने अवसर पाएको थिएँ अब क्षेत्रको स्थानीय बिकास निर्माणको साथै महत्वपुर्ण जिम्मेवारी र संविधान निर्माणमा आफ्नो भुमिका प्रभावकारी रुपमा लागु गर्ने छु । गएको सविधानसभामा संविधान पनि लेख्न नसक्ने क्षेत्रको समस्यामा पनि चासो नदिनेलाई यो पटक जनता भोट दिन तयार छैनन । उनीहरुले हिजोको दिनमा कस्ले के गर्यो सबै कुराको हिसाव किताव गरेर बसेका छन् । जनताको मन दुखाएर वा उनीहरुलाई झुक्याएर राजनीती गर्नु हुदैन । राजनीत्ी गर्न जनताको मनमा बस्नु पर्छ जुन काम मैले गरेको छु । क्षेत्रका सबै जनता यति बेला एमालेका उमेदवारलाई जिताउनका लागी सुर्य चिन्हमा भोटहाल्न हतारीएका छन् ।
निर्वाचन जित्नेमा म यस कारण ढुक्क छु कि आम जनता नेकपा एमाले र एमालेले घोषणा पत्रमा उल्लेख गरेका प्रतिवद्धता हेरे धेरै आसावादी भएका छन् । जनता बिश्वस्त छन यो मुलुकको संविधान निर्माणमा एमाले बाहेक कसैले अगुवाई गर्न सक्दैन भन्नेमा । एमाले ले बिगत र वर्तमानमा राष्ट्रिय राजनीतीको अगुवाई गरेको कुरो सम्पुर्ण नेपाली जनतालाई थाहाँ छ । यो मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउने, बेरोजगार युवाको सवालमा प्रभावकारी योजना ल्याउने, स्थानीय रुपमा बिकास निर्माणको काममा जनतालाई साथ दिने जस्ता कममा एमाले बाहेक कसैले केहि गर्न सक्दैन । हामीले जनताको यी यस्ता तमाम समस्या सामाधान गर्ने प्रतिबद्धता गरेका छौं । मेरो क्षेत्र धार्मिक र सास्कृतिक रुपमा महत्वपुर्ण क्षेत्र हो । मैले यहाँको जनतासंग प्रतिबद्धता गरेको छु । यो क्षेत्रको सांस्कृतिक बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने छु भनेर । जनता मेरो हिजोका काम गर्ने शैली र मेरो प्रतिबद्धताले उत्साहि भएका छन् । त्यस कारण यो निर्वाचनमा म प्रति जनताको ठुलो साथ र समर्थन छ ।
राजधानी भएर पनि यहाँका जनताका धेरै समस्या झेलेका छन् । अहिले पनि बिजुली, ढल, खानेपानी, जस्ता समस्याबाट यहाँका जनताले सास्ती भोग्दै छन् । म सबैलाई बिश्वस्त पार्न चाहन्छु जनताका समस्या सामाधान गर्न एमाले बाहेक कसैसंग दिर्धकालीन योजना छैन । यो मुलुक र जनताको लागी केहि गर्ने बिचार योजना छ भने एमालेसंग छ अरु कसैसंग छैन । यो सारा जनताले बुझेका छन् । त्यहि कारण यति बेला जनताको साथ एमालेले पाएको छ । म फेरी पनि प्रतिवद्धता गर्न चाहन्छु यो मुलुकको लागी नयाँ संविधान र स्थानीय जनताको लागी बिकासको लागी मेरो जित अनिवार्य छ । यो मैले मात्र हैन क्षेत्रका सबै जनताले बुझेका छन् र उनीहरु मलाई जिताउन प्रतिबद्ध भएर लागेका छन् ।
प्रस्तुति : चमिना भट्टराई
प्रतिक्रिया