गड्डाचौकी ७२ घन्टा बन्द गरिने

कञ्चनपुर : संविधानसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पश्चिमी सीमानाका गड्डाचौकी ७२ घन्टा बन्द गरिने भएको छ । मतदात सुरु हुने दिनभन्दा ७२ घन्टा अगाडिदेखि उक्त सिमाना बन्द गरिने भएको हो । “नेपाल भारतका उच्च सुरक्षा अधिकारीसाग भएको सहमतिका आधारमा सीमाना बन्द गर्ने निर्णय गरेका छौा”ं प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्यालले भने, निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सीमाना बन्द गरिने भएपनि बन्दका क्रममा बिरामी बोक्ने एम्बुलेन्स र अत्यन्त जरुरी सेवाका लागि भने दुवै देशका सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीको सहमतिमा आवागमन गर्न दिने गरी व्यवस्था गरिएको उनले बताए । (सौस)

प्रतिक्रिया